नेपालमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५०६२ जनामा गरिएको नमूना परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १९२ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने संक्रमणबाट आज कसैको मृत्यु भएको छैन ।
मन्त्रालयका अनुसार २४ घण्टामा १०१३०४ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । अहिले देशभर ५०५० जना सक्रिय संक्रमित रहेका छन् ।