चुनावमा हामी सबै जित्छौँ भनिरहेका छन् यो सब पैसाको धाक हो

नेकपा एकीकृत समाजवादी सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

२८ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आगामी चुनावलाई लिएर नेपाली कांग्रेस र नेकपा एमालेका कतिपय नेताहरुले पैसाको धाक लगाइरहेको बताएका छन् ।

आज नेकपा एकीकृत समाजवादी इलाम–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा उनले एक्लै चुनाव जित्छु भन्नु पैसाको धाकमात्र भएको बताए ।

‘अब चुनावमा विभिन्न खालका शक्तिहरु अहिले आउँदैछन् । एउटा कांग्रेस, काँग्रेस त बोरामा पैसा बोकेर आउँछ । उनीहरुको चरित्र पनि त्यस्तै हो । हामी सबै जित्छौँ भनिरहेका छन् नि केही कांग्रेसहरुले, त्यो सबै धाक पैसाको हो । अरु केही होइन।

तर प्रधानमन्त्री शेरबहादुर देउवासहितका कतिपय नेताहरु भने सत्तारुढ गठबन्धनको एकता कायम गर्नुपर्छ भन्नेमा प्रष्ट रहेके बताए । ‘कांग्रेसभित्र दुई धार प्रष्ट छ । नेतृत्वले जे निर्णय गर्छ त्यही हुन्छ ।

नेकपा एमालेले पैसाको बलमा चुनाव जित्ने दावी गरिरहेको उनले बताए । ‘एमालेको अर्को बैठक भयो, आफ्नो क्याम्पेन इलाम क्षेत्र नम्बर १ बाट गर्ने भन्ने भयो । केपी ओलीलाई ६ गते लाने रे । के हुन्छ, कति मान्छे भेला गर्छन् हेर्न बाँकी नै छ ।