रूसी सेनाले शुक्रबार युक्रेनको दुई फरक दिशामा रहेका सहरमा आक्रमण गरेको छ।
युक्रेनी टीभी र सञ्चार माध्यमका अनुसार उत्तर-पश्चिममा रहेको लुट्स र मध्य-पूर्वमा रहेको नीप्रो सहरमा विस्फोटहरू भएका हुन्।
यी दुवै सहरमा यसअघि रूसले आक्रमण गरेको थिएन।
मध्य युक्रेनको नीप्रो शहरमा हवाई हमलाहरू भएको छ।
लुट्समा गरिएको आक्रमणमा त्यहाँको वायुसेनाको विमानस्थल र लडाकु विमान मर्मत गर्ने कारखानामा भएको बताइएको छ।
लुट्सका नगरप्रमुखले विस्फोट भएको पुष्टि गरेका छन्।
यसैबीच रुसी रक्षा मन्त्रालयले लुट्स र अर्को पश्चिमी सहर इभानो-फ्रान्किभिस्कमाथि आक्रमण गरेको पुष्टि गरेको रुसी समाचार माध्यमले जनाएका छन्।
केही तस्बिरहरू