२७ फागुन, सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली प्रदेश कमिटीले आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न आज बिहान सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै देशलाई कता लैजाने भन्ने निर्णायक भूमिकामा माओवादी रहेको बताएका छन् ।
देश माओवादीकै एजेण्डामा चलिरहेकाले राष्ट्रिय राजनीति पनि माओवादीकै इसारामा चलिरहेको उनको भनाइ छ ।
अध्यक्ष प्रचण्डले भने, ‘गठबन्धन आउँदो स्थानीय तहको निर्वाचनसम्म सुरक्षित रहन्छ, देशलाई कता लैजाने भन्ने पनि माओवादीकै हात छ ।’
‘गठबन्धनलाई निर्वाचनसम्म मात्र नभई त्यसपछिसम्म लैजाने प्रयासमा छौं, एमसीसीकै कारण देश धन्न दुर्घटनामा गइसकेको थियो । जुन खतरा अहिले टरेको छ ।
एमसीसीका कारण आफ्नो पार्टीभित्र देखिएको समस्या समाधान भइसकेको बताउँदै उनले, ‘अन्ततः हामीले केन्द्रीय समितिबाट पार्टीलाई एकतावद्ध, एउटै लाइन, विचारका आधारमा निर्वाचन जाने र केही मतभेदलाई छलफलबाट निष्कर्ष निकाल्ने सहमति गरेका छौं, यी सम्पूर्ण विषयको समाधान भइसकेको छ ।