Breaking News

नेकपा एकीकृत समाजवादी केन्द्रीय समिति बैठक जारी : एमसीसी अनुमोदन गर्नुपर्ने वाध्यता र आगामी चुनावी कार्ययोजना बारे छलफल

सत्तारुढ दल नेकपा एकीकृत समाजवादी केन्द्रीय समिति बैठक हिजोबाट काठमाण्डौको थापाथली स्थित कार्की ब्याङकेटमा जारी छ । बैठकमा एमसीसी अनुमोदन गर्नुपर्ने वाध्यता र आगामी चुनावी कार्ययोजना बारे छलफल जारी छ यही कार्ययोजनामा छलफलका साथ पारित गर्दै आजै केन्द्रीय कमिटी सक्ने तयारी बुझिएको छ । बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथिको समूहगत छलफलको निष्कर्ष सुनाउँदै बैठक आजै सकिने छ । छलफलमा उठेका निष्कर्ष सुनेपछि अध्यक्षले जवाफ दिने समेत बुझिएको छ ।

बैठकमा अध्यक्ष नेपालले १० पेज लामो राजनीतिक प्रतिवेदन पेश गरेका थिए । जसमा सात प्रदेशसहित नौ वटा समूहमा विभाजन गरेर प्रतिवेदनमाथि बुधबारबाटै छलफल भएको छ । नेता चौधरीकाअनुसार स्थायी कमिटी र पोलिटब्युरो सदस्य भने समूहगत छलफलमा सहभागी छैनन् ।

अध्यक्ष नेपालको प्रतिवेदनमा खासगरी एमसीसी अनुमोदन गर्नुपर्ने बाध्यता, वर्तमान राजनीतिको विश्लेषण तथा आगामी चुनावबारे चर्चा गरिएको छ । सो पार्टीले आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि सम्पूर्ण पार्टी पंक्ति केन्द्रीत हुनेगरी कार्ययोजना बनाउने भएको छ ।

‘पार्टी अव चुनावकेन्द्रीत हुन्छ । पालिका लेवलमा अभियान चलाउनुपर्ने हुन्छ । त्यसका लागि आवश्यक संगठन विस्तारदेखि विभिन्न अभियानको सुरुवात हुन्छ’, चौधरीले रातोपाटीसँग भने, ‘केन्द्रीय सदस्य र प्रदेश सदस्यहरुलाई त्यसको जिम्मेवारी दिइन्छ ।’

समाजवादीले आवश्यकताअनुसार माओवादी केन्द्र, काँग्रेस, जसपा र जनमोर्चासँग स्थानीय निर्वाचनमा ठाउँ हेरेर स्थानीय तहमै गठबन्धन गर्नेगरी सहकार्यको नीति बनाउने तयारी गरेको छ । ‘कतिपय स्थानमा हामी एक्लै पनि चुनाव जित्छौ, कतिपय स्थानमा गठबन्धन बनाएर पनि जानुपर्ने हुन्छ ।

छलफलमा उठेका प्रश्नको जवाफ अध्यक्ष नेपालले दिदै आजै सक्ने तयारी