२५ फागुन, काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसविरुद्ध जंगल, मैदान र समुद्री तटबाट आक्रमण जारी राख्ने बताएका छन् ।
बेलायतको तल्लो सदन (हाउस अफ कमन्स) मा सम्बोधन गर्दै जेलेन्स्कीले सो कुरा बताएका हुन् ।
सम्बोधनको क्रममा उनले शेक्सपियर र विन्स्टन चर्चिलको व्याख्या गर्दै युक्रेनीहरुले रुसी आक्रमणको प्रतिरोध जारी राख्ने बताए । उनले बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई रुसविरुद्ध थप प्रतिबन्ध लगाउन र युक्रेनमा मानवीय सहायता जारी राख्न आह्वान गरेका थिए । उनले रुसलाई आतंकवादी घोषणा गर्न आह्वान समेत गरेको अलजजिराले जनाएको छ ।
युक्रेनका राष्ट्रपति जेलेन्सीकले युक्रेनको आकाशमा नो फ्लाई जोन घोषणा गर्नुपर्ने आफ्नो पुरानै मागलाई दोहोर्याएका
थिए । तर यो माग नेटो सैनिकले हालससम्म मानिरहेको छैन ।