नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु

२५ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुँदैछ ।

दुई दिनसम्म चल्ने बैठक बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजे सुरु हुने एकीकृत समाजवादीका नेताहरूले जानकारी दिएका छन् ।

बैठकमा अध्यक्ष माधवकुमार नेपाले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र भावी कार्ययोजना समेटिएको राजनीतिक प्रतिवेदन पेस गर्ने र सोही प्रतिवेदनमाथि गहन छलफल हुने नेताहरूको भनाइ छ ।

पार्टीले आगामी स्थानीय तह निर्वाचनका सन्दर्भमा लिइने रणनीति र सदनबाट पारित अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेञ्ज कर्पोरेसन ९एमसिसी० नेपाल कम्प्याक्टका विषयमा पनि बैठकमा छलफल हुनेछ ।