नेपालमा थप १९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि १ जनाको मृत्‍यु

२४ फागुन, काठमाडौं । नेपालमा थप १९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्‍यु भएको
छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६३८ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र २ हजार ७५६ जनाको एन्टीजेन परीक्षण गर्दा १२० जना गरी १९४ जनामा संक्रमण पुष्टि भएको हो ।

आज ३४८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल ५ हजार ८७५ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ५ हजार ७५४ जना होम आइसोलेसनमा रहेका छन् भने १३० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये ४२ जना आईसीयू र ५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।