२३ फागुन, काठमाडौं । चैत्र १९ गते हुने नेपाल बार एशोसिएसनको चुनावमा अध्यक्षमा सत्तारुढ गठबन्धनबाट नेपाली काँग्रेस निकट गोपालकृष्ण घिमिरे उम्मेदवार बन्ने भएका छन् ।
यसैगरी महासचिवमा माओवादी निकट अंकिता खनाल र उपाध्यक्षमा नेकपा एकीकृत समाजवादी निकट कानुन व्यवसायीले बन्ने भएका छन् ।
नेपाल बार एशोसिएसनको अधिवेशनमा सत्तारुढ गठबन्धनमा रहेका तीन दलले मोर्चाबन्दी गरेका छन् । नेपाली कांग्रेस निकट कानुन व्यवसायी अध्यक्ष र नेकपा माओवादी केन्द्र निकट कानुन व्यवसायी महासचिव रहने गरी तीन दलले मोर्चावन्दीको निर्णय गरेका हुन् ।
बार एशोसिएसनको देशभर ११ हजार जना भन्दा बढी सदस्य रहेका छन् ।