Breaking News

बाफलबाट हुन्डी कारोबारीलाई १ करोड ५० लाख नगदसहित पक्राउ

आज साँझपख नेपाल प्रहरीले काठमाडौंको बाफलबाट हुन्डी कारोबारीलाई १ करोड ५० लाख नगदसहित पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले भारत फर्मेन्जगन्ज घर भई काठमाडौंको बाफल बस्ने ३२ वर्षीय अमित अग्रवाललाई पक्राउ गरेको हो ।

बागफस्थित कुमारध्वज जोशीको घरमा डेरा गरि बस्ने अग्रवाल अवैध हुण्डी करोबारमा संलग्न भएको सूचनाका आधारमा त्यहाँ पुगेको थियो । सो क्रममा खानतलासी गर्दा अग्रवालको साथबाट १ करोड ५० लाख नगदसहित पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका एआईजी हरि पालले जानकारी दिए । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।