Breaking News

एमालेका सांसद मोहन बानियाँ निलम्बनमा

२२ फागुन, काठमाडौं । जुम्लाकी एक शिक्षिकाले आफूमाथि बलात्कार आरोप लगाएर जिल्ला प्रहरी कार्यालय बाँकेमा दिएको जाहेरी अनुसार पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बनमा परेका छन् ।

आजको प्रतिनिधिसभामा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बनमा परेको जानकारी गराए ।

एक महिलाले बलात्कारको उजुरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको थियो । हाल हिरासतमा रहेका उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।