रूसको विदेश मन्त्रालयले युक्रेनलाई मदत गरेकोमा बेलायत सरकारलाई प्रत्यक्ष रूपमा लक्षित गर्दै एउटा बयान जारी

एजेन्सी

रूसको विदेश मन्त्रालयले युक्रेनलाई मदत गरेकोमा बेलायत सरकारलाई प्रत्यक्ष रूपमा लक्षित गर्दै एउटा बयान जारी गरेको छ । रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले कीभमा बेलायतको सहयोग लाई रुसले भुल्न नहुने बताइन् ।

रूसी सञ्चार माध्यमका अनुसार उनले यसलाई ूयुक्रेनको अति राष्ट्रवादी शक्तिू भनी वर्णन गरेकी छन् । मारियाले भनिन्, ूप्रतिबन्धको हिस्टेरियामा लण्डनले प्रमुख नभए पनि भूमिका निर्वाह गरेको छ । यसले गर्दा हामीले प्रतिकूल कदम चाल्नुबाहेक अरू विकल्प छैन।ूयुक्रेनमा साधारण जनताको लागि खतरा रूसी सेनाबाट नभएर ूयुक्रेनी राष्ट्रवादीहरूूबाट भएको रुसको ठहर छ । रुसी हमलाका बीच ब्रिटेन सरकारले युक्रेनलाई हतियार र आर्थिक सहयोग दिएको छ ।