Breaking News

दुई नेताले बोलेपछि माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आइतबारसम्म स्थगित

नेकपा माओवादी केन्द्रको आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठक आज बसेर आइतबारसम्म स्थगित भएको छ । आजको बैठकमा अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गरेका थिए । दुई नेताको सम्बोधन सकिएसँगै बैठक आइतबार बिहान ११ बजेसम्म स्थगित भएको घोषणा गरियो ।

पहिलो बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी संगठनका साथै वर्तमान राजनीतिक समसामयिक विषयमा ब्रिफिङ गर्नुका साथै अर्का नेता नारायणकाजी श्रेष्ठले आफ्नो धारणा राखेर बैठक समापन भएको हो ।

दोस्रो बैठकमा अध्यक्ष प्रचण्डले एमसीसी, गठबन्धन सरकार, स्थानीय चुनाव लगायतका विषयमा ब्रिफिङ गरेका थिए । आइतबारको बैठकमा पार्टीले तय गरेका एजेण्डाका बारेमा छलफल हुने माओवादी केन्द्रका नेताहरुले बताएका छन् । छलफलका लागि बैठकमा ६ वटा एजेण्डा पेश भएका छन् ।