नेपाल बैंक लिमिटेडले रिक्त रहेको स्थानमा ठूलो संख्यामा आवेदन माग

नेपाल बैंक लिमिटेडले रिक्त रहेको स्थानमा ठूलो संख्यामा आवेदन मागेको छ।

लोक सेवा आयोगको सहमति अनुसार आर्थिक वर्ष २०७८/७९ को लागि स्वीकृत दरबन्दीका आधारमा रिक्त रहेको ३०० भन्दा बढी संख्यामा आवेदन मागेको हो।

बैंकले सहायक प्रवन्धकदेखि कनिष्ठ सहायकसम्म आवेदन माग गरेको छ।

६२ जना सहायक प्रबन्धक, १४८ जना सहायक र ९१ जना कनिष्ठ सहायकका लागि दरखास्त आह्वान गरेको छ।

बैंकले सहायक प्रबन्धकमा ५६, सहायक प्रबन्धक (सिए) मा २ र सहायक प्रबन्धक (आइटी) मा ४ जना माग गरेको हो।

बैंकले सहायक र कनिष्ठ सहायकका लागि प्रदेशगत रूपमा माग गरेको छ। १४८ जना सहायक मागेको बैंकले कनिष्ठ सहायकमा ९१ जना माग गरेको छ।

प्रदेश १ र मधेसमा ३१/३१ जनाका लागि कोटा छुट्याएको छ ।

बैंकले बागमतीमा ५१, गण्डकीमा १०, लुम्बिनीमा २१ तथा कर्णाली र सुदूरपश्चिममा २र२ जना सहायक मागेको छ।

सहायक आइटी बागमतीका लागि २ जना माग गरिएको छ ।

बैंकले ९१ जना कनिष्ठ सहायक मागेको छ । जसअनुसार प्रदेश १ मा १६, मधेसमा १५, बागमतीमा २७, गण्डकीमा १२, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदूरपश्चिममा ५ जना माग गरिएको छ।

इच्छुक र योग्य नागरिकले फागुन २० गतेदेखि चैत १० गतेसम्म अनलाइनमार्फत आवेदन दिनसक्ने बैंकले जारी गरेको सूचनामा उल्लेख छ।

बैंकले केन्द्रीय कार्यालय र प्रदेशगत कार्यालयका लागि आवेदन मागेको हो।