१९ फागुन, काठमाण्डौ । नेकपा एकीकृत समाजवादी निकट भातृ संगठन समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष शम्भु श्रेष्ठ नेतृत्वको १५ सदस्यीय विस्तारित बैठक आज बसेर सम्पन्न भएको छ । बैठकले संगठनको भेला गर्न तयारी मूल आयोजक समिति गठन गरेको छ । पार्टीका उपमहासचिव तथा सङ्गठनका इन्चार्ज जगन्नाथ खतिवडाको उपस्थिति र सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठको सभापतित्वमा सम्पन्न पदाधिकारी बैठकले आगामी चैत १२ गते काठमाडौँमा गर्न लागिएको विस्तारित बैठकको तयारीका लागि सो समिति गठन गरिएको बुझिएको छ ।
बैठकले सङ्गठनका सबै विभागका प्रमुखलाई सम्बन्धित सदस्यसँगको परामर्श गरी विधागत कार्ययोजना एक हप्ताभित्र बुझाउन भन्दै जिम्मेवारी समेत दिएको छ । साथै सोही बैठकले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रचार विभाग प्रमुख समेत रहेका खतिवडा हालै ग्लोबल अर्गानाइजेशन अफ पार्लियामेण्टेरियन्स एगेन्सट करप्सनको ‘ग्लोबल डाइरेक्टर’ पदमा नियुक्ति हुनु भएकोमा बधाई एवं सफल कार्यकालको शुभकामना प्रस्ताव समेत पारित गरेको छ ।
आज बसेको संगठनको १५ सदस्यीय पदाधिकारी बैठकको निर्णयबारे कदर न्यूजलाई जानकारी दिंदै संगठनका उपाध्यक्ष शान्तराम बिडारीले भन्नुभयो, पहिलाको राष्ट्रिय भेलालाई विस्तारीत बैठकको रुपमा ग्रहण गर्दै चैत्र १२ गते सगठनको विस्तारीत भेला गर्ने निर्णय भएको र विस्तारीत भेलामा संगठनको बिधान माथि छलफल गर्दै पारित गर्ने, विभागहरुलाई प्रभावकारी र चुस्त बनाउने, अबका दिनमा सगठनको प्रचारमा रणनीति बनाउने, जस्तै : बैशाख ३० हुने स्थानीय चुनावको बारे रणनीति र प्रचार बारे रणनीति योजना बनाउने, संगठनका पदाधिकारी र केन्द्रीय सदस्यहरुको सफद गराउने जस्ता कार्ययोजना आजको बिस्तारीत सचिवालय बैठकले गरेको बताउनु भयो, त्यस्तै यही फागुन महिनामा सबै जिल्ला समिति गठन गर्न निर्देशन दिएको उहाँले जानकारी गरानुभयो ।
संगठनको मूल आयोजक समितिको बैठक भोलि शुक्रबार बस्ने समेत उपाध्यक्ष बिडारीले बताउनु भयो ।