Breaking News

कर्णाली प्रदेश श्रमजीवी पत्रकार संघ नेपालको अध्यक्ष मा विवशकुमार सेजुवाल चयन

सुर्खेत १९, फागुन । श्रमजीवी पत्रकार संघ, नेपालको देशैभरी संगठन विस्तार गर्ने क्रममा हिजो कर्णाली प्रदेश कमिटी गठन गरिएको छ ।
श्रमजीवी पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीको प्रमुख आथित्यतामा कर्णाली प्रदेश हिमालय टेलिभिजन सुर्खेत प्रशारण प्रमुख तथा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सदस्य विवशकुमार सेजुवालको नेतृत्वमा २१ सदस्यीय प्रदेश समिति घोषणा गरिएको छ । यो घोषणा कर्णाली प्रदेशका १० जिल्लामा आवद्ध पत्रकारहरुलाई समेटेर प्रदेश कमिटी घोषणा हो ।

घोषणा कार्यक्रममा केन्द्रीय अध्यक्ष जन्मदेव जैसीले संगठनको उद्देश्य तथा संगठन गठनको एक वर्षमा भएका प्रगति विवरण, र कर्णाली प्रदेशमा संगठनले निर्वाह गर्ने भूमिका विषयमा बोलको थिए ।

उक्त घोषणा कार्यक्रममा पत्रकार महासंघका महासचिव खगेन्द्र भट्टराई, जिल्ला अध्यक्ष ललित वस्याल, समाजवादी प्रेस नेपालका सुर्खेत अध्यक्ष देव रानाको समेत उपस्थिति थियो ।

सोही दिन नै श्रमजिवी पत्रकर संगठन प्रदेश कमिटीको सल्लाहकारमा देवीराम देवकोटा, कृष्णराज धमाला, रमेश रावल, ललित बस्याललाई चयन गरिएको छ ।