२९ फागुन, काठमाडौं । प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भएपछि सत्ताधारी दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा सत्ताधारी नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीका नेताहरूबीच छलफल भइरहेको हो ।
स्थानीय चुनाव, चुनावी गठबन्धन, संवैधानिक तथा राजनीतिक नियुक्तिलगायतको विषयलाई सत्ताधारी दलका नेताहरुले छलफलको एजेण्डा बनाएका छन् ।