लकडाउनको जिम्मा उच्चस्तरीय समितिलाई त्यसबारे भोलि बिहान बैठक बस्दै

१२ वैशाख, काठमाडौं । आज एक महिना पुरा भएर एक दिन कटेको छ लकडाउन बैशाख १५ गतेसम्मका लागि सरकारले तोकिएको लकडाउन आज बसेको मन्त्रीपरिषद्को बैठकले निर्णय गर्न त्यसको जिम्मा कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको छ ।तर पनि नयाँनयाँ स्थानमा कोरोना भाइरस (कोभिड–१९)का संक्रमित भेटिने क्रम पनि जारी छ ।
आजको बैठकले काठमाडौंमा महामारी फैलियो भने थाम्न सक्दैनौँ । सबै परिस्थितिको विश्लेषण गरेर प्रस्ताव ल्याउनुहोला, मन्त्रिपरिषदमा छलफल गरौँला । प्रधानमन्त्रीको निर्देशन लगतै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले भोलि बिहान ११ बजे बैठक बोलाएका छन् । तर, वैशाख १५ पछि नै लकडाउन क्षेत्रगत वा अहिलेभन्दा खुकुलो हुने सम्भावना कम छ । एक साताका लागि लकडाउन लम्ब्याउने र यो अवधिमा हुने परीक्षणको रिपोर्टका आधारमा नयाँ रणनीति बन्ने देखिन्छ ।
विज्ञहरूको सुझाव अनुरुप उच्चस्तरीय समन्वय समितिले लकडाउनको मोडल निर्धारण गर्ने बताउँदै आएका छन् ।