ओलीलाई भिव रावलको प्रतिउत्तर : देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा माथि बोल्दा तपाई किन टाउको दुखाई सक्नु हुन्छ भने तपाई हिरा बन्न सक्नु होस न ?

हिजो एमाले अध्यक्ष केपी ओलीले पत्रकार सम्मेलनमाा पार्टी नेता भीम रावलले एमालेले रोष्टम घेरेर नाराजुलुस लगाइरहेका बेला रोष्टमा गएर बोल्दा पार्टी निर्देशन बिपरित भएकाले हिरो नबन्न चेतावनी दिए पछि पार्टी नेतृत्वले असन्तुष्टि पोखेको भन्दै असन्तुष्टि जनाएका छन् । नेता रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै असन्तुष्टि पोखेका हुन् ।

नेता रावलले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत आफुले संसदमा राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तव्य अनुरुप संसदमा बोलेको बताउँदै हिरो हुन नखोजेको बताएका छन् । उनले भनेका छन्स् ‘राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तब्य अनुरुप संसदमा बोल्दा मैले ‘हिरो’ हुन खोजेको भनी मन पोलेको भए पार्टी अध्यक्षले आफै देशको पक्षमा बोलेर ‘महाहिरो’ हुनुभएको भए म खुशी नै हुनेथिएँ ।’

रावलले देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा माथि हुने बताउँदै भनेका छन्स् ‘देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा धेरै माथि हुन्छ, चेतना भया ।’ प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन हुनेक्रममा रावलले चर्को असन्तुष्टि पोखेका थिए ।