Breaking News

पशुपति मन्दीर तिर जाने पुलमा दर्शनार्थीको अत्यधिक पेलमपेलको चापका कारण उत्तरतिरको पर्खाल भत्कियो दुई जना बागमती दिनमा

आज महाशिवरात्री । आज पशुपति क्षेत्रमा हजारौं भक्तजनको भिडभाड लागि रहेको छ । आज बेलुकी पख पशुपति मन्दिरतिर जाने आर्यघाटस्थित बागमती नदीमाथि भएको सानो पुलको पर्खाल भत्किएर दुई जना नदीमा खस्न पुगेका छन् ।

सो सानो तथा पुरानो पुलमा दर्शनार्थीको अत्यधिक पेलमपेल थेग्न नसक्ने चाप भएका कारण पुलको उत्तरतिरको पर्खाल भत्किन पुगेकाो हो । पुल भत्किँदा दुई जना बागमती नदीमा खसेको अरु माथि नै अड्किएको र कोहीलाई भक्तजनले नै हात समातेर नदीमा खस्नबाट बचाएका
छन् । उक्त पर्खाल भक्तेर मानवीय क्षेति नभए पनि जोखिम भने मोलेको हो