१७ फागुन, काठमाण्डौ । संसदबाट अमेरिकी सहयोग परियोजना एमसिसी पारित भएसँगै पार्टीमा भएको उत्पन्न विवाद र जनतालाई एमसीसी बारे बुझाउनका लागि आज नेकपा एकीकृत समाजवादी पार्टीले एक पत्रकार सम्मेलन गरेर आफ्नो धारणा राखेको छ । काठमाण्डौको नयाँ बानेश्वर थापागाउस्थित अपर्ण ब्याङ्केटमा गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष माधव कुमार नेपालले प्रेस गरेको वक्तव्यमा भनिए अनुसार एमसीसीमाथि ११ बुँदे ब्याख्यात्मक घोषणाले एमसीसीमा भएका केही नेपाल हितविपरितका बुँदालाई साम्य पारेको बताएका छन् ।
पत्रकार सम्मेलनमा अधयक्ष नेपालले ओलीले एकीकृत समाजवादी पार्टीलाई सिध्याउने र हामीलाई हरदिन हटाउने हदै सम्मको प्रयास गरेको र यो प्रक्रिया हिजो आज पनि भएको तर ओलीको यस्ता खालका प्रस्तावलाई काँग्रेसले मानेन र उनको योजना खरानीमा परिणनत भएको बताए। तपाईहरुलाई थाहा नै छ दुई दिन अघि काँगेस र केपी ओलीबीच भेटघाट भए एमसीसीका बिषयमा ओलीले भने, आफु सहर्ष एमसीसी पास गर्ने पक्षमा मत जाहेर गर्न तर आफ्ना सर्त, माधव नेपाल सहित १४ जना सासदलाई कारवाही गर्नुपर्ने, सभामुखलाई हटाउनुपर्ने, एकीकृत समाजवादी पार्टी खारेज हुनुपर्ने , गठबन्धन तोड्ने, नेता माथि कारवाही र कम्तिमा ४ प्रदेस सरकार आफुलाई दिनुपर्ने जस्ता हुनै नसक्ने सर्त राखिए पछि देउवाले मानेन् र अन्तिममा हामीले एमसीसीमाथि ११ बुँदे ब्याख्यात्मक टिप्पणीसहित अनुमोदन गर्न पुगेको बताए । तर अध्यक्ष नेपालले यदि ११ बुँदे ब्याख्यात्मक सहितको एमसीसीलाई अमेरिका र स्वयम एमसीसीले स्वीकार गर्नुपर्ने यदि त्यसो गरिएन भने सार्वभौम संसदले एमसीसी सम्झौता खारेज गर्ने ब्याख्या समेत गरेका थिए ।
पछिल्लो समयमा एमसीसी गिजलियोको कारण केपी ओलीकै कारण भएको र एमसीसी संसदमा प्रस्ताव पेस गर्ने ओली नै भएकाले ओलीले आफ्ना यस्ता सर्त राखेर एमसीसी जस्ताको तस्तै पास गर्ने आँटेक थिए । तर उनको यो सपना पुरा हुन नसक्दा आज उनले पनि पत्रकार सम्मेलन गरेर आफूले पनि एमसीसी स्वीकारेको प्रष्ट भएको बताए ।
ओली कुनै हालतमा कम्युनिष्ट नभएको र उनी राष्ट्र र जनताप्रति उत्तरदायित्व नभएको पनि बताए । उनले आज एमसीसीका बारेमा गरेको प्रेस वक्तव्यमा राष्ट्रियता माथिका सवाल नभएर कुष्ठा, ईष्या, डाहा र आफु सत्ताबाट हटेको रिस मात्र पोखेको बताए ।
अध्यक्ष नेपालले एमसीसीमा भएका केही तुर्टीहरु यस ११ बुँदे ब्याख्यात्मकले प्रष्ट पारेको र देश विकास निर्माणमा उल्लेख्य टेवा पुर्याउने तर अमेरिकाबाट कुनै बैदेशिक कूटनीतिक हस्तक्षेप नहुने र ११ बुँदे ब्याख्यात्मकलाई स्वीकार गर्नु पर्ने यदि त्यो लागू नभएको खण्डमा एमसीसी सम्झौता खारेज हुने बताएका थिए ।