कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने – युक्रेन

एजेन्सी

युक्रेनले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएको छ । युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले सीएनबीसीलाई दिएको अन्तरवार्तामा आफूहरु कुटनीति समाधानका लागि तयार भएको तर आत्मसमर्पण नगर्ने बताएका छन् । उनले आफूहरु रुसको शर्तको अगाडि नझुक्ने पनि स्पष्ट पारेका छन् ।

युक्रेनका विदेशमन्त्रीको यो बयान त्यतिबेला आएको हो जब सोमबार बेलारुसमा रुस र युक्रेनका प्रतिनिधिबीच छलफल भएको थियो ।

कुलेबाले वार्ता कहिलेसम्म चल्नेछ भन्नेबारे आफू अनभिज्ञ भएको बताएका छन् । उनले यो युद्धमा युक्रेनकै जीत हुने पनि बताएका छन् ।

कुलेबाले सीएनबीसीलाई दिएको अन्तरवार्तामा भने, ‘म एक कुटनीतिज्ञ हुँ र मलाई वार्ताको सफलतामाथि विश्वास छ । तर एक कुटनीतिज्ञ भएको नाताले मेरो लक्ष्य रुसमाथि अधिकतम प्रतिबन्ध लागोस् भन्ने हो । युक्रेनले धेरैभन्दा धेरै हतियार पाओस् र अन्तर्राष्ट्रिय स्तरमा रुसलाई एक्ल्याइयोस् । यो मेरो कुटनीतिको महत्वपूर्ण हिस्सा हो ।’

रुसले युक्रेनको जमिन र आकाश दुबैतिरबाट हमला सुरु गरेको छ । रिपोर्टलाई विश्वास गर्ने हो भने थुप्रै्र ठूला शहरलाई निशाना बनाइएको
छ । हमलाका कारण युक्रेनका जनता ज्यान बचाउनका लागि पूर्वी युरोपको देशमा भागिरहेका छन् । पश्चिमी देश रुसमाथि लगातार प्रतिबन्ध बढाइरहेका ेछ । सोमबार प्रतिबन्धका कारण रुसको मुद्रा रुबलमा अमेरिकी डलरको तुलनामा २९ प्रतिशतको गिरावट आएको छ ।

कुलेबाले रुसका सर्वसाधारणले पुटिनका कारण यस्तो भोग्नुपरिरहेको आरोप लगाए । कुलेबाले रुसको हरेक रुबलमा युक्रेनको रगत लत्पित्तिएको बताए ।

स्याटलाइट इमेजरी कम्पनी म्याक्सर टेक्नोलोजीले सुरुमा रुसी सैनिकको हतियारधारी काफिला युक्रेनतर्फ २७ किलोमिटर लामो थियो जुन अब ६० किलोमिटरभन्दाब बढी भएको छ ।

म्याक्सरका अनुसार नयाँ तस्बिरले दक्षिणी बेलारुसमा पनि रुसी सैनिक र हेलिकोप्टर छन् भन्ने कुरा स्पष्ट हुन्छ जुन युक्रेनको सीमाभन्दा मात्र २० किलोमिटरको दुरीमा छ ।