१७ फागुन, काठमाडौं । एमसीसी प्रतिनिधि सभाबाट ब्याख्यात्मक सहित पारित भइसकेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै छ ।
पार्टीको धारणा सार्वजनिक गर्न आज दिउँसो १ बजे भक्तपुरको गठ्ठाघरमा पत्रकार सम्मेलन आयोजना गरिएको छ । कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका बारेमा पार्टीको आधिकारिक धारणाहरू सार्वजनिक गर्ने नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
एमसीसी सम्झौता अनुमोदनको प्रक्रियामा नेकपा एमालेले भाग लिएको थिएन । पार्टीले कारबाही गरेका माधव नेपालसहितका १४ जना सांसदहरुलाई सभामुखले मान्यता नदिएको भन्दै बैठकमा नाराबाजी गर्दै आएको एमालेले एमसीसी अनुमोदनको दिन पनि त्यसलाई जारी राखेको थियो ।