एमसीसीको विरोधमा ६ दलको नेपाल बन्द : काठमाडौं उपत्यकामा सामान्य बाहिर जिल्लामा बढी प्रभाव

हिजो राती प्रतिनिधिसभाले एमसीसीलाई १२ बुँदे ब्याख्यात्मक सहित पारित गरेपछि आज एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेकपासहितका ६ दलको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा सामान्य परेको छ । यातायातका साधनहरु सहजरुपमा चलेका छन् । तर, विद्यालयको पठनपाठन भने प्रभावित भएका छन् ।

बन्दकर्ता बिहानैदेखि विभिन्न ठाउँमा बन्द गर्दै हिडेका छन् भने बन्दकर्ता पक्राउ समेत परेका छन् । बन्दकर्ताले काठमाण्डौंको सुन्धारामा केही सार्जजनिक साधनलाई तोडफो्ड समेत गरेका छन् । त्यस्तै बन्दकर्ताले सुकेधारामा दूधको गाडी तोडफोड गरेका छन् । चाबहिल र कलङ्कीमा ३ वटा बसमा तोडफोड गरेका छन् भने बाहिर जिल्लामा भने धेरै बन्दको धेरै प्रभाव परेको छ ।