नेकपा (एकीकृत समाजवादी) ले व्याख्यात्मक घोषणासहित एमसिसी पारित गर्ने निर्णय गरेको छ।
पार्टीको स्थायी कमिटी बैठकले एमसिसी पारित गर्ने निर्णय गरेको हो।
व्याख्यात्मक घोषणासहित एमसिसी पारित गर्ने पार्टीले निर्णय गरेको पार्टी सचिव रामकुमारी झाँक्रीले जानकारी दिइन्।
आज विहान बालुवाटारमा बसेको सत्तारूढ गठबन्धन बैठकले पनि व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गर्ने निर्णय गरेको थियो।
यसअघि नेकपा माओवादी केन्द्रले पनि व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गर्ने निर्णय गरेको थियो।
आज बस्ने प्रतिनिधि सभा बैठकमा एमसिसीबारे छलफल हुँदैछ।