१५ फागुन, काठमाडौं । एक गायीकाले बलात्कारको अभियोग लगाई तनहुँ प्रहरी कार्यालयमा उजुर्ी दिएपछि विवादमा तानिएका अभिनेता पल शाह केही दिनदेखि प्रहरी सामु उपस्थिति हुन सकेका थिएनन् तर आज उनले सामाजिक संजालबाट आज आफु प्रहरीसमक्ष हाजिर हुने भएका छन् ।
पलले आफूले घरको व्यवहार मिलाउनु पर्ने भएकाले, चलचित्रको रिलिजको समयमा समस्या नहोस् भनेर र स्वास्थ्य अवस्था बिग्रिएका कारण केही दिन प्रहरीसमक्ष जान नपाएको भन्दै माफी पनि मागेका छन् ।