१४ फागुन, काठमाडौं । एमाले अध्यक्ष ओलीको निवास बालकोटमा सत्तारुढ नेपाली कांग्रेस र प्रमुख विपक्षी दल नेकपा एमालेबीचको वार्ता विना निष्कर्ष सकिएको
छ ।
बैठकमा दुवै दलका नेताहरु आआफ्नै अडानमा रहेपछि बैठकमा कुनै ठोस निर्णय नभएको नेताहरुले बताएका छन् ।
बैठकमा सहभागी कांग्रेस नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकले कुनै निर्णय नगरेको र छलफल जारी रहने बताए ।