१४ फागुन, सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका–१, का वडा अध्यक्ष नवराज कार्की मोटरसाइकल दुर्घटनामा घाइते भएका उनेका उपचारको क्रममा मृत्यु भएपछि स्थानीयले आज बिहानैदेखि सुर्खेतको छिन्चु बजार र सडक बन्द गराएका छन् ।
दोषीलाई कारवाही हुनुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, हालसम्मको उपचार खर्च दिनुपर्ने लगायत माग राख्दै स्थानीयले बजार र सडक बन्द गराएका हुन् ।
आज बिहान ६ बजेदेखि सुर्खेत–नेपालगञ्ज सडकखण्ड अन्तर्गत तीन ठाउँमा सडक अवरुद्ध पारेका छन् । भेरीगंगा नगरपालिका वडा नम्बर २ सत्तरी, वडा नम्बर ४ तोलीखोलामा पनि सडक अवरुद्ध गरेको छ ।
प्रदर्शनकारीले कर्णाली प्रदेशको मुख्य नाका बन्द हुँदा प्रदेश भित्रिने र बाहिरिने यातायातका सम्पूर्ण साधनहरु ठप्प भएका छन् । सवारी साधन र यात्रुहरु बाटोमै अलपत्र परेका छन् ।
थुप्रै गाडी र यात्रीहरु पनि अलपत्र परेका छन् ।’ मृतकका आफन्तहरुले सडकमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् ।
वडाअध्यक्ष कार्कीलाई ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ ।
फागुन ८ गते रत्न राजमार्ग अन्तरगत भेरीगंगा नगरपालिका वडा नं। १२ छिन्चु बजारदेखि पश्चिम तर्फको सडकमा नेपालगञ्जबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्वरको फोर्स गाडीले सुर्खेतबाट छिन्चु जाँदै गरेको कार्की सवार भे ६ प ४४०१ नम्वरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।वडाध्यक्ष कार्कीको गएराति काठमाडौंको न्यूरो अस्पतालमा निधन भएको हो ।