Breaking News

एकीकृत समाजवादी अध्यक्ष माधव नेपालसँगको भेटपछि प्रधानमन्त्री देउवा पार्टीभित्र छलफलमा व्यस्थ

एमसीसीले सत्ता गठबधनमा खटपट भएपछि हिजो आज नेपालको राजनीतिले तरंङ ल्याएको छ । सत्ताका प्रमुख दुई दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसीको बिपक्षमा छन भने काँग्रेस पक्षमा हुँदा गठबधन नै टुट्ने अवस्था आएपछि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवालाई भेट्न नेपालले बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार एमसीसीका कारण सत्ता गठबन्धनमा उत्पन्न मतभेदबारे छलफल भएको छ । उनीबीचको छलफलमा एमसीसी पारित गराउन नयाँ विकल्पको खोजी भएको छ ।

सत्ता गठबन्धन जोगाएर एमसीसी पारित गराउने लाग्नुपर्नेमा देउवा र नेपाल सहमत भएका छन् । नेपालसँगको छलफलपछि काँग्रेस सभापति समेत रहेका देउवाले पार्टीका शीर्ष नेतासँग आन्तरिक छलफलमा जुटेका छन् । उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की लगायतसँग छलफल थालेको बुझिएको छ ।