१३ फागुन, काठमाडौं । बाँके चिसापानी घर भई काठमाडौं महानगरपालिका-९ सिनामंगलमा डेरा सञ्चालन गरेकी २८ वर्षीय प्रमिला पराजुलीलाई उनका श्रीमान् अम्मर रोकायाले छुरा प्रहार गरी घाइते बनाएका छन् ।
रोकायले मादक पदार्थ सेवन गरी श्रीमतीलाई बिहीबार साँझ घाटीमा छुरा प्रहार गरेको प्रहरी वृत्त गौशालाले जनाएको छ ।
प्रमिलाको घाटीमा गम्भीर चोट छ । उनी बोल्न नसक्ने अवस्थामा छिन् । श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।