१२ फागुन, काठमाडौं । आज बस्ने संसद बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल हुने कार्यसूची छ । सोही बारे आज बिहान सत्तारुढ तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच सिंहदरबारमा छलफल भएको हो ।
त्यसअघि बसेको तीन दलका शीर्ष नेताहहरुको बैठकमा मत विभाजनमा जाँदा के गर्ने भन्नेबारे छलफल भएको हो ।
छलफल लगत्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । ‘प्रधानमन्त्रीले नै छलफल गर्न बोलाउनुभएकाले जानुभएको बुझिएको छ ।