Breaking News

संघीय संसद सचिवालयले भोलि बिहीबार बस्‍ने प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक

११ फागुन, काठमाडौं । संघीय संसद सचिवालयले भोलि बिहीबार बस्‍ने प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

कार्यसूची अनुसार भोलि बिहीबारको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश हुनेछ ।

अर्थमन्त्री जनार्दन शर्माले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम कर्पोरेशन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौता माथि छलफल गरियोस्’ भनी प्रस्ताव पेश गर्ने कार्यसूचीमा उल्लेख छ ।

यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बडूले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ पेश गर्ने कार्यसूचीमा उल्लेख छ ।