Breaking News

लोकतान्त्रिक समाजवादी पार्टी ले अमेरिकी सहयोग परियोजना एमसिसीका पक्षमा मतदान गर्ने निर्णय

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अमेरिकी सहयोग परियोजना एमसिसीका पक्षमा मतदान गर्ने भएको छ।

आज बसेको लोसपा संसदीय दलको बैठकले एमसिसीका पक्षमा मतदान गर्ने निर्णय गरेको एक सांसदले बताएका छन् ।
‘एमसिसी सरकारले गरेको सम्झौता हो। यसबाट पछाडि हट्दा देशको विश्वसनीयतामाथि प्रश्न उठ्छ । पहिला नै सम्झौता नगरेको भए एउटा कुरा हुन्थ्यो। सम्झौता गरिसकेपछि त्यसलाई असफल पार्नु हुँदैन भन्ने लोसपाको स्पष्ट धारणा छ।’

लोसपाले एमसिसीको पक्षमा बहस गर्ने र त्यसलाई पारित गर्न सघाउने बताइन्। साथै बैठकले भोलिकोे संसद बैठकमा आफ्ना १३ जना संसदलाई अनिवार्य बैठकमा उपस्थिति हुन आग्र्रह समेत गरेको छ ।