११ फागुन, काठमाडौं । सत्ता गठबन्धनको एक प्रमुख घटक नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन् ।
पार्टीको बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गरी फर्किने क्रममा न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दै उनले गठबन्धन र सरकार टुटाउने खतरा बढेको बताएका हुन् ।
परिवर्तनलाई कमजोर पार्ने खतरा भएपनि प्रतिक्रान्ति हुने सम्भावना भने नरहेको प्रचण्डको टिप्पणी छ ।
‘खतरा त बढेकै छ नि । यो परिवर्तन कुनै न कुनै रुपले कमजोर पार्ने, यो गठबन्धन टुटाउने, यो सरकार टुटाउने षड्यन्त्र त भइराखेकै छ नि । तर अहिले भर्खरै प्रतिक्रान्ति नै हुने भइसक्यो भन्ने कुरा चाहिं होइन ।