Breaking News

मानसिक स्वास्थ्य समस्या भएकी जुम्लाकी एक महिलाको उद्धार

जुम्लाको चन्दननाथ नगरपालिकाको महिला शाखा, तातोपानी गाउँपालिका, स्थानीय प्रशासन र ओसी एमसीले मानसिक स्वास्थ्य समस्या भएकी जुम्लाकी एक महिलाको उद्धार भएको छ । करिब एक दशकदेखि मानसिक स्वास्थ्य समस्या भएकी तातोपानी गाउँपालिका–३ लिताकोटकी ३५ वर्षीया लाउरी रोकायाको उद्धार गरिएको हो । उनी सडकमै बस्दै आएकी थिइन । जिल्ला प्रशासन कार्याल, तातोपानी गाउँपलिका, चन्दननाथ नगरको महिला शाखा र ओसी एमसीको सहयोगमा उद्धार गरी उनलाई कर्णाली प्रदेशको मानव सेवा आश्रममा पठाइएको छ ।

आर्थिक अभाव र आफन्त कोही नभएकाले उनको दैनिकी सडकमै बितिरहेको थियो । चन्दननाथ नगरपालिको महिला शाखामा कार्यरत पुष्पा थापा र जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईको पहलमा उनलाई कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानको ओसीएमसीले एक महिना १२ दिनसम्म निःशुल्क उपचार गरेको थियो ।

उपचारपछि उनको स्वास्थ्यमा केही सुधार भएको छ । समयमै औषधि खुवाउने मान्छे नभएकाले दीर्घकालिन व्यवस्थापनको लागि मानवसेवमा आश्रममा पठाइएको हो । गाउँपालिकाले महिलाको व्यवस्थापनका लागि एक लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ ।