१० फागुन, काठमाडौं । पुर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय सभाका सदस्य बामदेव गौतमले अमेरिकी सहयोग परियोजना एमसीसी फिर्ता लैजान अमेरिका सरकारलाई आग्रह गरेका छन् ।
नेता गौतमले आज एक बिज्ञप्ति जारी गरी उनले एमसीसी सम्झौताका कारण अमेरिका र नेपालबीचको सम्झौता तलमाथि पर्न सक्ने भन्दै फिर्ता लैजान आग्रह गरेका छन् ।
‘यो सम्झौताले ७४ वर्ष हिलेदेखि अविछिन्न मित्रता रहेको संयुक्त राज्य अमेरिकासँग नेपालको सम्बन्धमा केही तल माथि प¥यो भने यसको सम्पूर्ण दोष आफूलाई चुकेल्याङ ठान्ने खलनायकहरुले नै बोक्नुपर्नेछ’ उनले भनेका छन्, ‘‘ म फेरि पनि अमेरिकी सरकारलाई विनम्रतापूर्वक यो परियोजना फिर्ता लैजान अनुरोध गर्दछु ।