आउदो २०७९ वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि थप तीन दल दर्ता भएका छन् । आयोगले स्थानीय तह निर्वाचनमा भाग लिन दल दर्ता गर्नुपर्ने प्रावधानसहित तोकेको समयमा थप तीन दलले स्थानीय निर्वाचन प्रयोजनका लागि दल दर्ताका लागि निवेदन दिएका हुन् ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३, राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ तथा प्रचलित संघीय कानून बमोजिमका प्रावधान पालना गर्ने शर्तमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ र ५ बमोजिम नेपाल कम्यूनिष्ट पार्टी (गौरवशाली), साझा पार्टी, नेपाल र समावेशी लोकतान्त्रिक पार्टी आयोगमा दर्ता भएका हुन् । योसँगै आयोगमा हालसम्म दर्ता हुने राजनीतिक दलहरूको संख्या १०९ पुगेको छ ।