सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।
प्रतिनिधिसभाको बैठकअघि सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन्।
बैठकमा प्रतिनिधिसभाको कार्यसूचीबारे छलफल गरिने उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए।
आइतबार १ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ।
मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० संसदमा टेबल हुने नहुने निश्चित भने छैन। तर, प्रमुख सत्तारूढ दल कांग्रेस र एकीकृत नेकपा समाजवादी एमसिसी संसदमा टेबल गर्न सहमत भइसकेका छन्।
एकीकृत समाजवादीले शनिबार मात्रै एमसिसी टेबल गर्न दिने निर्णय गरेको छ। एमसिसी संसदमा लैजाने र छलफल गर्ने विषयमा सत्तारूढ दल नेकपा माओवादी केन्द्र भने सकारात्मक छैन।
प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको बैठक १० बजे बोलाएका छन्। भरसक सहमतिमै एमसिसी संसदमा टेबल गर्ने रणनीति उनको छ।