Breaking News

नेपालमा थप ३५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने चार जनाको मृत्यु

७ फागुन, काठमाडौं । नेपालमा थप ३५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने चार जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ५३८ पीसीआर परीक्षणमा १९८ जना र तीन हजार ५५८ एन्टिजेन परीक्षणमा १५२ जना गरी ३५० जनामा संक्रमण पुष्टि भएको हो ।

आज कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ, त्यस्तै एक हजार २७२ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १३ हजार ३५७ रहेको छ ।

आज सबैभन्दा धेरै काठमाडौं जिल्लामा ५१ जनामा संक्रमण पुष्टि भएको छ । त्यसपछि कास्कीमा २२, कैलालीमा ९, लमजुङमा ८, झापा, ललितपुर र दाङमा ७र७ जना, रुपन्देही र सर्लाहीमा ६र६ जनामा संक्रमण पुष्टि भएको छ ।