माइक्रोसफ्ट कम्पनीका सह संस्थापक बिल गेट्सले शुक्रबार कोभिड १९ महामारीको खतरा नाटकीय रूपमा कम भएको बताउँदै अझै एउटा महामारीको खतरा भने बाँकी रहेको बताएका छन् । सीएनबीसीसँग कुरा गर्दै उनले थप एक महामारी आउन सक्ने र यसपटक अर्कै भाइरस हुने उनले बताएका हुन् ।
आधुनिक मेडिकल प्रविधिले त्यस महामारीसँग लड्न मद्दत मिल्ने तर यसका लागि अहिलेदेखि नै लगानी गर्न आवश्यक रहेको बिल गेट्सको भनाइ छ । उनका अनुसार दुई वर्षमा कोरोना भाइरसका कारण वैश्विक आबादीमा कयौँ स्तरमा प्रतिरोधी क्षमता विकसित भएको र यही कारणले कोरोना भाइरसका नयाँ भेरियन्ट ओमिक्रोनको खतरा पनि कम भएको हो ।
अहिले विश्वका ६१।९ प्रतिशत जनसङ्ख्याले कोभिडविरुद्धको खोपको कम्तीमा एक डोज लगाइसकेका छन् । भविष्यमा खोपको वितरण थप तीव्र रूपमा सुनिश्चित गर्न जरुरी रहेको उनको भनाइ छ । यसका लागि सरकारले अहिलेदेखि नै लगानी गर्नुपर्ने उनले सुझाव दिएका छन् ।
बीबीसी