आज बस्ने संसद बैठकमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल गर्ने सन्दर्भमा सत्ता गठबन्धनको बैठक अहिले १० बजे बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताबीच छलफल हुने
छ । हिजो साँझ बसेको गठबन्धनको बैठकमा एमसीसीबारे सहमति हुन नसकेपछि आज पुनः बैठक बस्न लागेको हो ।
आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने नगर्ने विषयमा छलफल हुने नेताहरुले बताएका छन् । प्रतिनिधि सभाको आज बस्ने बैठकको सम्भावित कार्यसूचीमा एमसीसी राखिएको छ । गठबन्धनमा सहमति भएपछि आजै बस्न कार्यव्यवस्था परामर्श समितिले एमसीसी टेबल गर्ने एजेण्डा तय गर्ने कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडूले बताए ।
सत्ताको नेतृत्व गरेको नेपाली काँग्रेस एमसीसी कुनै पनि हालतमा पास गर्ने पक्षमा उभिएको छ भने प्रमुख साझेदार माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले यथास्थितिमा संसदमा टेबल गर्न समेत मानिरहेका छैनन् ।