४ फागुन, काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दैछ । आजको संसद बैठकमा एमसीसी टेबल हुने बताइएको छ । यस विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्र को संसदीय दलको बैठक समेत बस्दैछ । यसैबीच माओवादीले अमेरिकी अनुदान सहयोग परियोजना एमसीसीविरुद्ध उभिएको छ । आजको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल हुँदा विरोध जनाउने माओवादी केन्द्रले जनाएको छ ।
सडकबाट पनि दबाव दिने उद्देश्यले उसले आफ्ना सबै जनवर्गीय संगठनहरुलाई एमसीसीको विरोधमा उत्रिन निर्देशन दिइसकेको छ । पार्टीको निर्देशन अनुसार आज माओवादी केन्द्रका जनवर्गीय संगठनहरुले नयाँबानेश्वरमा प्रदर्शन गर्दैछन् ।
आजको संसदमा बैठकमा एमसीसी टेबुल भए माओवादीले विरोध जनाउने बताइएको छ ।लदिउँसो एक बजे प्रतिनिधि सभाको बैठक बस्नुअघि बिहान १० बजे माओवादीले संसदीय दलको बैठक बोलाएको छ ।
माओवादी केन्द्रले युवा, विद्यार्थी, महिलालगायतका सबै जनवर्गीय संगठनहरुलाई एमसीसीविरुद्ध सडक प्रदर्शनमा उत्रिन निर्देशन दिइसकेको छ । पार्टी केन्द्रको निर्देशन अनुसार आज बिहान ११ बजे नयाँबानेश्वरमा भेला भएर विरोध प्रदर्शन गर्न लागेको छ ।
अर्को पार्टी नेकपा (एकीकृत समाजवादी) ले पनि एमसीसीको विरोधमा आज नायाँबानेश्वरमा प्रदर्शन गर्ने बताइएको छ ।