Breaking News

नेपाली काँग्रेसले भ्रातृ संस्थाको वर्तमान कमिटी भंग : नयाँ कमिटी ल्याउने अधिकार सभापति देउवालाई

नेपाली काँग्रेसले भ्रातृ संस्थाको वर्तमान कमिटी भंग गरेको छ । आज बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले म्याद सकिएका भातृ संस्थाको म्याद नथप्ने निर्णय गरेको हो ।

काँग्रेसमा भ्रातृ संस्थाहरू महिला संघ, दलित संघ, तरुण दल, नेविसंघ र मुस्लिम संघमा नेतृत्व विहीन थियो भने बाँकी अधिकांशको पनि महाधिवेशन हुन सकेको थिएन । काँग्रेसका १३ भ्रातृ संस्था र १८ शुभेच्छुक संस्थामध्ये अधिकांशको म्याद सकिएको थियो ।

भंग गरिएका भ्रातृ संस्थामा नयाँ कमिटी ल्याइने छ । नयाँ कमिटी ल्याउने अधिकार बैठकले सभापति शेरबहादुर देउवालाई दिएको ती पदाधिकारीले बताए ।