यो पितृसत्तात्मक व्यवस्थामा वा पुरूषको एकलौटी राज गरिरहेको समाजमा मातृसत्ताको पनि समानता खोज्ने अथवा महिलाले पनि पढ्न पाउनु पर्छ, पढ्ने लेख्ने हाम्रो पनि अधिकार हो भनेर आज होइन करिब ५५र६० वर्ष भन्दा पहिले कालिकोटको दुर्गम बस्तीमा “जहाँ पढ्ने लेख्ने सोच केही टाठाबाँठा पुरूषमा मात्र सिमित रहेको समयमा लोग्ने मान्छेले पढेको देख्दा नारिले पनि पढ्नु पर्छ भन्दै, आफ्नो जिम्मेवारी घाँस,दाउरा,भान्सा सँगसँगै अन्य पुरूषहरूले जस्तै कापी,कलम बोकेर स्कुल जाने आँट आउनु , किताबका अक्षरलाई चिन्न खोज्ने तपाईंको सोच र छोराले मात्रै पढेर हुदैन छोरिले पछि पढनु पर्छ , म आफ्नो छोरिलाई पढाउछु भनेर पुरूषवादी सोचबाट माथि उठी नारिको जीवन र जगतलाई बुझ्न खोज्ने तपाईलाई जन्म दिने “बा“ (हाम्रो हजुरबुबा ) को त्यो सोचलाई त्यतिबेलाको समयमा हेर्ने हो भने सामान्य भने थिएन !
यो समाजमा घट्ने गरेका घटनाहरू र समाजले अपनाउदै आएको परम्परागत संस्कार सही छैन, यहाँ महिलाका थुप्रै ईच्छा छन् । पुरागर्ने क्षमता हुँदाहुँदै पनि पुरूषले सँधै दबाउने गर्छन । यसलाई हटाउनै पर्छ, अनि मात्रै महिलाले मुक्तिको स्वास फेर्न सक्छन् । यहाँ महिलाहरू बाँचेका छैनन् ,बाँच्दा बाँच्दै मरिराखेका छन् ।
आफ्नो सपना पूरा गर्ने यस्तै यस्तै अनेक ईच्छा, आकांक्षाहरू पुराहुन नपाएर अधुरै रहेका र यो पुरूषवादी सत्ता हावी भएको समाजमा पुरूषले नारिप्रति हेर्ने दृष्टिबारे मलाई सुनाएका थुप्रै कथा र व्यथाहरूले मेरो जिबनमा एक प्रकारको समाज बुझ्ने भुकम्प नै ल्याईदियो, र यी नै मनमा पराकम्प बनेर धक्का दिईराखेका छन् ।
आज म जुन परिवर्तनको कुरा गर्छु, जुन कुरालाई बदल्ने कुरा गर्दैछु , तीनिहरू मध्ये मेरो जिवनमा मार्गदर्शकको रूपमा उदाएको एक महत्वपूर्ण घटना यहि हो । जस्ले म पुरूष भए पनि तपाईंले जस्तै मलाई पनि पितृसतात्मक व्यवस्थामा मातृसत्ताको पनि समान अधिकार हुनु पर्छ भन्ने गर्छु, साथै मलाई नारिप्रति गहिरो अध्ययन गर्ने अवसर पनि मिल्यो ।
किन भने आमाको हक पनि बुबा जस्तै समान हुनुपर्छ । नेपालीमा एउटा उखान छ “ घरमा आमा शिक्षित भए घरका सबै शिक्षित हुन्छन्“
यसको तात्पर्य हो घरमा आमा बलियो हुनै पर्छ ,बलियो पनि शिक्षाले नै गर्ने हो ।
आमा शिक्षित भए मात्रै घरका सन्तान शिक्षित हुन्छन् ,उचित शिक्षा पाउछन् ,उनिहरूले संस्कार राम्रो पाउछन् र आफू बस्ने समाजमा उचित संस्कार निर्धारण गर्छन् । राम्रो समाजको स्थापना गर्छन् । अनि मात्रै समाजमा सबैको सह(अस्तित्व ,सह सम्बन्ध कायम हुन्छ ।
तपाई मेरो मार्गदर्शक हो ।
तपाई मलाई जन्म दिने आमा मात्रै होइन ! त्यो भन्दा बढी मेरो गुरूआमा हो ! मलाई आफ्नो आमाको मात्रै होइन त्यो भन्दा हजार गुणा तपाईंका कथा व्यथा र ती ईच्छा, सपनाहरूको याद आउँछ । त्यहि भएर त तपाईका सपना अब मेरा पनि सपना भए !
…मलाई विश्वास छ ! तपाईंका सपना अधुरा हुने छैनन । म यि सपनालाई विपनामा परिणत गर्न सधै लडिरहने छु,चाहे एक्लै किन नहोस् र सफल पनि अवश्य हुनेछु । अनि तपाईं जस्तै विश्वका लाखौं ,करोडौं नारिहरूको सपना पूरा हुनेछ र यो जञ्जिरबाट भुक्त हुनेछन् ।
…. प्यारि आमा!!! ..:Miss you!!!
लेखक :
रत्नराज्य लक्ष्मि क्याम्पस (आ.आर )
अध्ययन .स्नातकोत्तर एम.ए ,राजनितीशास्त्र