Breaking News

बालुवाटारमा सत्ता गठबन्धनका प्रमुख तीन नेताबीच भेटबार्ता : देउवाद्धारा संसदमा एमसीसी टेबल गरौं प्रचण्ड र माधवले संशोधन र राष्ट्रिय सहमति बिना हुँदैन

सत्ता गठबन्धनका शीर्ष तीन नेताबीच बालुवाटारमा भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो ।

एमसीसीको विषयलाई लिएर भएको उक्त भेटवार्तामा प्रधानमन्त्री देउवाले संसदमा एमसीसी टेबल गरेर अघि बढ्नुपर्ने पुरानै अडान दोहोर्याएका थिए भने प्रचण्ड र नेपालले संशोधनबिना अघि बढाउन उचित नहुने पूर्ववत अडान राखेका
थिए ।

‘तीन नेताबीच एमसीसीबारे नै छलफल भएको छ, दुवै पक्षले आआफ्ना अडान कायम रहेको बताउनुभएको छ’, बालुवाटार स्रोतले भन्यो, ‘प्रधानमन्त्री ज्युले एमसीसी अघि बढाउ भन्नुभयो, उहाँहरुले हतार नगरौ भन्नुभयो ।