ब्यारेकभित्रै कुटिए डिएसपी

बैशाख ११, काठमाण्डौ । देशमा कोरानो कहरका कारण लकडाउनमा रहेकोृ छ । तर सुरक्षाकर्मी भने जनताको सुरक्ष गर्नुका साटो आफु आफ कुटाकुट गर्न थालेका छन् । यस्तै घटना रूपन्देहीको सशस्त्र प्रहरी ब्यारेकभित्र दुई इन्स्पेक्टरले डिएसपीमाथि कुटपिट समाचार बाहिर आएको छ ।
हिजो बुधबार राति रूपन्देहीको सुनौली राजश्व गुल्मका प्रमुख डिएसपी मानबहादुर शाहीमाथि दुई इन्स्पेक्टरले कुटपिट गरेका हुन् । कुटपिट गर्ने इन्स्पेक्टर केशव भट्टराई र दयाराम पौडेललाई नियन्त्रणमा लिइएको छ । सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी प्रविन कुमार श्रेष्ठका अनुसार यस घटनाका बारेमा हामीले छानविन गर्न निर्देशन दिइसकेका छौँ ।
छानविन गर्न सशस्त्रले छानविन समिति बनाएको उनले बताए । इन्स्पेक्टरले मादक पदार्थ सेवन गरेर कुटपिट गरेको हुन सक्ने अनुमान छ । डिएसपी शाहीलाई कुनै चोट भने नलागेको पनि बताइएको छ । आवेशमा आएर हातपात गरेको हुन सक्छ,’ उनले भने, ‘अब मापसे गरेको छ वा छैन भन्ने छानविनको प्रतिवेदनले भन्ला । उनीहरूलाई विभागीय कारबाही हुने समेत उनले बताए ।