नेकपा माओवादी केन्द्रले २७ औं जनयुद्ध दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा बिहान आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा माओवादी अध्यक्ष ‘प्रचण्ड’ले, गठबन्धन टुटाउन, सरकार गिराउन र निर्वाचन प्रक्रिया बिथोल्न अनेक प्रपञ्च भइरहेको बताएका छन् । गर्दै अध्यक्ष प्रचण्डले प्रतिगमनविरोधि सत्ता गठबन्धन विरुद्ध षड्यन्त्रहरु जारी रहेको बताएका हुन् ।
‘प्रतिगमनविरोधि गठबन्धन टुटाउन, यो सरकार गिराउन र निर्वाचन प्रक्रिया बिथोल्न अनेक प्रपञ्च भइरहेका छन्’, अध्यक्ष प्रचण्डले भने, ‘गठबन्धन संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको रक्षाका लागि बनेको हो ।’
अध्यक्ष प्रचण्डले गठबन्धन कुनै देश विशेषसँग गरेका सहमति, सम्झौता, परियोजना, आर्थिक सहयोग वा लेनदेनका आधारमा गठबन्धन नबनाएको भन्दै जुन सैद्धान्तिक र राजनैतिक मान्यतामा गठबन्धन बनाएको हो त्यही मान्यताबाट अगाडि बढेमात्रै लक्ष्यमा पुगिने बताए ।