Breaking News

‘गठबन्धन गर्ने भए सरकारमा गरौंला, तर चुनावमा म कुनै हालतमा गठबन्धन गर्दिनँ,

२७ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।

नेता कोइराला भेटवार्ताका लागि आज बिहान प्रचण्ड निवास खुमलटार गएका थिए । भेटमा एमसीसी, स्थानीय चुनाव लगायतका विषयमा छलफल भएको थियो ।

भेटमा प्रचण्डले चुनावमा गठबन्धन गरेर जान प्रस्ताव राखेका थिए । तर कोइरालाले आफू चुनावी गठबन्धनको पक्षमा नरहेको बताएका थिए ।

‘गठबन्धन गर्ने भए सरकारमा गरौंला, तर चुनावमा म कुनै हालतमा गठबन्धन गर्दिनँ,’ संसदबाटै गर्नुपर्ने उनको धारणा थियो ।

कांग्रेस नेता कोइरालाले दुई दिन अघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए ।

नेता डा. शेखर कोइराला