Breaking News

कर्णाली प्रदेशमा मन्त्रीमण्डल बिस्तार

२३ माघ, सुर्खेत । कर्णाली प्रदेशमा आज फेरि मन्त्रीमण्डल बिस्तार गरिएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले आज सरकारलाई पूर्णता दिने क्रममा मन्त्रीमण्डल बिस्तार गरेकाक हुन् ।

१६ कात्तिकमा मुख्यमन्त्री बनेका जीवनबहादुर शाहीले आफ्नै दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट मन्त्री नियुक्त गर्न लागेका हुन् ।

माओवादी केन्द्र र काँग्रेसबाट दुई(दुई जना र एकीकृत समाजवादीबाट एकजना मन्त्री थपिने छन् ।

माओवादी केन्द्रबाट जाजरकोटका गणेशप्रसाद सिंह र हुम्लाका गैरसांसद छिरिङ दमदोल लामा (कार्चेन) मन्त्री बनेका छन् । गैर सांसदलाई मन्त्री बनाएको भन्दै माओवादी केन्द्र संसदीय दलभित्रै नेताहरूले असन्तुष्टि जनाएका छन् ।

नेपाली कांग्रेसबाट सुर्खेतका यज्ञबहादुर बिसी र दैलेखका हिमबहादुर शाही मन्त्री बन्ने छन् ।

एकीकृत समाजवादीबाट जुम्लाका पदमबहादुर रोकाया मन्त्री बनेका छन् ।

मुख्यमन्त्री शाहीले यसअघि माओवादीका सांसद विन्दमान विष्टलाई आर्थिक मामिला तथा योजना मन्त्री र समाजवादीका प्रदेश सभा संसदीय दलका नेता चन्द्रबहादुर शाहीलाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनाइसकेका छन् ।