२१ माघ, काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा हिमपात भएको छ ।
हिउँले चन्द्रागिरिको रिसोर्ट, केबलकार, भालेश्वर मन्दिर लगायतका क्षेत्र सेताम्य भएका छन् ।
यो वर्ष चन्द्रागिरि डाँडामा हिउँ परेको दोस्रो पटक हो । यसअघि गत पुस दोस्रो साता चन्द्रागिरिमा हिमपात भएको थियो ।
पश्चिमी न्यून चापीय प्रणाली देशभर सक्रिय भएकाले अहिले हिमाली र उच्च पहाडी भेगमा हिमपात भइरहेको छ । अन्य धेरै स्थानमा वर्षा भएको छ ।